अनैतिक भिडिओ सार्वजनिक भएपछि दमकका प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र उपस्थित हुन निर्देशन – Nepal Press

अनैतिक भिडिओ सार्वजनिक भएपछि दमकका प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र उपस्थित हुन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनैतिक भिडिओ सार्वजनिक भएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ ।

मन्त्रालयले उनलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमल भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो यति बेला सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा भाइरल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर