चेस विश्वकपमा ग्रान्ड मास्टरसँग नेपालका रुपेशको बराबरी
नेपाल प्रेस
२०८० साउन १६ गते १२:१३
काठमाडौं। अजरबैजानमा जारी चेस विश्वकपमा नेपालका फिडेमास्टर रुपेश जैसवालले ग्रान्डमास्टर(जीएम) सँग बराबरी खेलेका छन्।
उनले रेटिङमा आफूभन्दा ५ सय ३९ स्थानमाथि रहेका जीएम गेदिर गुसेनोभसँग भएको आफ्नो दोस्रो खेल बराबरी गरेका हुन्।
प्रतियोगितामा सहभागी भइरहेका २ सय ६ जना खेलाडीमध्ये उनी रेटिङमा २ सय ३ औँ स्थानमा रहेका छन्।
रुपेश चेस विश्वकप खेल्ने नेपालका एक मात्र खेलाडी हुन्।
प्रतिक्रिया
सम्बन्धित खवर