११ महिनादेखि तलब नपाएपछि वनका १९२ कर्मचारी एक सातादेखि आन्दोलनमा – Nepal Press

११ महिनादेखि तलब नपाएपछि वनका १९२ कर्मचारी एक सातादेखि आन्दोलनमा

काठमाडौं । सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षारोपण आयोजनाका १९२ जना कर्मचारीले ११ महिनादेखि तलब नपाएको भन्दै काठमाडौंको माइतीघरमा एक सातादेखि आन्दोलन गरिरहेका छन् ।

संघर्ष समितिका अध्यक्ष छत्रबहादुर लामाले लामो समय तलब नपाएकोमा पटकपटक ताकेता गर्दासम्म सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको बताए ।

उनले भने, ‘हामीले ११ महिनादेखि तलब पाएका छैनौं । हाम्रो पनि घर परिवार छ । ११ महिनादेखि तलब नआउदा कसरी घर चलाउने ? हाम्रो काठ बिक्री बन्द भएको छ । १ सय क्यूफिट काठ व्यापारीले किन्दा २७ क्यूफिट काठ घट्ने नयाँ फर्मुला लागू गरेपछि हामी समस्यामा परेका हौं ।’

यस्तो छ उनीहरूको माग

१. विगत ११ महिनादेखिको भुक्तानी गर्न बाँकी तलव भताको व्यवस्थासहित कार्यकारी अध्यक्ष र आयोजना/परियोजना प्रमुख नियुक्ति गरिनुपर्ने ।

२. वन रोयल्टीमा वृद्धि सूत्रको कारण आयतनमा वृद्धि र समितिको आर्थिक स्थितिलाई मध्यनजर गर्दै वन रोयल्टीमा ५० प्रतिशत छुट गरिनुपर्ने ।

३. वन पैदावार विकास समितिको गठन आदेश संशोधन गर्नुपर्ने ।

४. समिति विघटनसम्बन्धी विचाराधीन मुद्दा सर्वोच्च अदालतबाट तत्काल नि.सु. गरी समस्या समाधानमा सहयोग गरिनुपर्ने ।

५. श्रम ऐन २०७४ लागू गरी सर्वोच्च अदालतको श्रम ऐनसम्बन्धी फैसला कार्यान्वयन गरिनुपर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर