कांग्रेसले पार्टी विभागका सबै तहमा फेसबुक एकाउण्ट खोल्ने
नेपाल प्रेस
२०८० साउन १६ गते १७:४५
काठमाडौं । नेपाली कांग्रेस प्रचार विभागले पार्टीका विभागको सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै फेसबुक एकाउण्ट खोल्ने निर्णय गरेको छ ।
सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले पार्टीका सबै तहका समितिलाई फेसबुक एकाउण्ट खोल्न आग्रह गरेको हो ।
बैठकले कांग्रेसको सूचना तथा सञ्चार विभागको निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित पनि गरेको छ ।
लोकतन्त्रमा आस्था राख्ने सञ्चार गृह र सञ्चारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी संकलन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
प्रतिक्रिया