आन्तरिक दबाबपछि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी – Nepal Press

आन्तरिक दबाबपछि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ ।

पार्टीभित्रकै नेताहरुले बैठक लाइभ नगर्न दबाब दिएपछि पदाधिकारी बैठक गरेकाे निर्णयबाट माओवादी पछि हटेकाे हाे ।

यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर