शेरबहादुरसँग नजिकियो भन्नेलाई शेखरको जवाफ- म बैठकमा महामन्त्रीको डिफेन्ड गर्न गएको होइन – Nepal Press

शेरबहादुरसँग नजिकियो भन्नेलाई शेखरको जवाफ- म बैठकमा महामन्त्रीको डिफेन्ड गर्न गएको होइन

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग मिल्ने भनेर किन लेखिरहेका छन् भन्ने बुझ्न नससकेको बताएका छन्।

नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाको पदस्थापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेरबहादुरसँग के मिल्ने ? भन्दै प्रश्न गरे।

उनले भने, ‘शेखर त सभापति देउवासँग शेखर मिल्यो भनेर लेखिराखेका छन्? मिल्ने भनेको के मा मिल्ने ? एजेण्डामा मिल्ने हो ? मलाई मेरो परिवारले केही संस्कार दिएको छ। गाली नगर, बरू गाली खाऊ, पचाऊ। चित्त नबुझेका कुरा छन्। भने बरू नबोल भनेका छन्।’

उनलाई आफूलाई बैठकमा महामन्त्रीको डिफेन्ड नगरेको आरोप नेताहरुले लगाएको भन्दै आफू केन्द्रीय समितिमा कसैको डिफेन्ड गर्न नगएको जिकिर गरे। उनले पहिला आफूलाई सभापतिले नबोलाउने गरेकाले भेट नभएको उल्लेख गर्दै अहिले बोलाएपछि मात्रै जाने गरेको प्रष्टीकरण दिए।

उनले सभापतिबाट भएको गलत निर्णयको आफूले विरोध गरेको बताए। उनले केन्द्रीय समितिको बैठक पनि आरोप प्रत्यारोपमै सीमित भएको जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर