रेशम चौधरीले भने- टीकापुर द्वन्द्व गराउनेहरूले मलाई समाप्त होस् भन्ने चाहेका छन् – Nepal Press

रेशम चौधरीले भने- टीकापुर द्वन्द्व गराउनेहरूले मलाई समाप्त होस् भन्ने चाहेका छन्

कैलाली । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले आफूलाई धेरै थारु अगुवाहरूले समाप्त होस् भन्ने चाहना राखेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले जेलबाट आफूलाई ननिस्कोस् भन्ने चाहना राख्नेहरूले अहिले पनि जेलमा रहेका अरू बन्दी नछुटुन् र आफू पनि समाप्त होस भन्ने चाहना राखेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरा धेरै थारु अगुवाहरू जेलबाट मलाई ननिस्कोस् भन्ने चाहना राख्दथे साथै अहिले पनि जेलमा रहेका अरू बन्दी कुनै पनि हालतमा नछुटुन् र रेशम चौधरी समाप्त होस भन्ने यिनको चाहना हो ।’

टिकापुरमा द्वन्द्व गराउने पनि उनीहरुनै रहेको चौधरीको आरोप छ । उनले राजबन्दीको नाममा फाइदा लिने र अहिले भाग नपाएर विरोध गर्ने गरेको टिप्पणी गरे ।

‘हिजो टिकापुर द्वन्द्व गराउने पनि यिनै हुन् । राजबन्दीको नाममा कुम्ल्याउने पनि यिनै हुन् । अहिले भाग नपाएर जथाभाबी भुक्ने पनि यिनै हुन्’ उनले लेखेका छन् ।

चौधरीले नङ्गाको कुनै इज्जत बेइज्जत नहुने र नाङ्गिएको मान्छे सधैँ अरूलाई नङ्ग्याउन प्रयत्नरत हुने गरेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

One thought on “रेशम चौधरीले भने- टीकापुर द्वन्द्व गराउनेहरूले मलाई समाप्त होस् भन्ने चाहेका छन्

  1. रेसम चौधरी काेहाे र समाप्त गर्नु पर्ने? तर रेसमलाई मुर्ख बनाएर पारिबाटकाेले रेसमकै काँधमा बन्दुक राखेर नेपाली तिर गाेली नचलाओस् ।
    टिकापुरमा गाेली चलाउने यीनकै काँधहाे भनेर नसाेँचेहुन्छ । तर हामी नेपालीको मुर्खतामा अरुले कसरि फाइदा लिँदैछ, राम्ररी साेँच रेसम भाई!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर