संघीय निजामती ऐन मंगलबारको मन्त्रिपरिषद् बैठकमा पेस हुने (भिडिओ)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐन आगामी मन्त्रिपरिषद्को बैठकमा पेस हुने बताएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार र शुक्रबार बस्छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले ऐनको ड्राफ्ट सकिएको र आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने बताए । आफू मन्त्री बनेको दिनबाट नै संघीय निजामती ऐन ल्याउनैपर्छ भनेर काम गरेकाले अहिले सबै तयारी सकिएको उनको भनाइ थियो ।
मन्त्री मोदीले भने, ‘सरकार अहिले पछिल्लो चरणमा सुशासनमा बढी जोड दिइरहेको छ । म जब मन्त्री भएँ, मेरो मिसनमा एउटा संघीय निजामती ऐन ल्याउने भन्ने थियो । डे वानदेखि त्यो ड्राफ्ट कुरेर विभिन्न सरोकारवालासँग छलफल गरेको छु । अहिले त्यो ऐन अर्थ र कानून मन्त्रालयबाट पनि आसकेको इछ । आउने क्याबिनेटमा दर्ता हुन्छ र त्यहाँ जान्छ ।’