लम्पी स्किनबाट मर्ने दुहुनो गाईको १० हजार र कोरली बाच्छीको ५ हजार राहत वडाबाटै दिने निर्णय
नेपाल प्रेस
२०८० साउन २१ गते १४:२०
काठमाडौं । गाईवस्तुमा महामारीको रूप लिएको लम्पीस्किनको राहतका लागि धुलिखेल नगरपालिकामा वडा कार्यालयले केही निर्णय गरेको छ ।
आज वडा नम्बर २ का अध्यक्ष अर्जुन न्यौपानेको अध्यक्षतामा बसेको बैठकले लम्पी स्किनबाट मर्ने दुहुनो गाईको १० हजार र कोरली बाच्छीको ५ हजार राहतस्वरूप कृषकलाई दिने निर्णय गरेको हो ।
वडा कार्यालयको प्रकोप राहत कोषबाट उक्त रकम वितरण गर्ने वडाले निर्णय गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर