उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकम साढे दुई अर्ब
नेपाल प्रेस
२०८० साउन २१ गते १५:४८
काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ ।
गत साताको अन्तिम कारोबारका दिन बिहिबार मात्रै ३ अंकले बढेको नेप्से परिसूचक आज ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा कायम भएको छ ।
यसदिन बजारमा ८० लाख ७ हजार ३६१ कित्ता सेयरको खरिदबिक्री भई २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँको कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा प्रयोग्रेसीभ फाईनान्स, अभियान लघुवित्त वित्तीय संस्थाा र सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्थाले सर्वाधिक घाटा व्यहोरेका छन् ।
त्यस्तै, उपसमूहतर्फका १३ वटै समूहको सेयरमुल्य घटेको छ । त्यस्तै, आजको बजार पूँजीकरण ३० खर्ब १५ अर्ब रुपैयाँ रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर