शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।
अघिल्लो दिन आइतबार मात्रै ३८ अंकले घटेको नेप्से परिसूचक आज ३.२१ अंकले घटेर २०४८ बिन्दुमा कायम अडिएको छ । यसदिन बजारमा ६६ लाख ४७ हजार १४३ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा नेपाल रिपब्लिक मिडिया, गोरखास फाइनान्स, स्वाभिमान लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनीले सर्वाधिक नाफा कमाएका छन । भने, छ्याङ्दि हाइड्रोपावर, पिपुल्स पावर, विजय लघुवित्ती वित्तीय संस्था र मोलुङ हाइड्रोपावरले सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, कारोबारका आधारमा आइएमई लाइफ इन्सयोरेन्स कम्पनी ४३ करोड ६२ लाख ५९ हजार ३८४ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । उपसमूह तर्फ आज तीनबाहेक बाँकी १० समूहको शेयरमूल्य बढेको छ ।