एमाले गण्डकी प्रदेशको अधिवेशन मिति तोकियो
नेपाल प्रेस
२०८० साउन २२ गते १५:२८
पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता हुने भएको छ ।
प्रदेश कमिटीको सोमबार बसेको बैठकले प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्ने निर्णय भएको प्रदेश कमिटी सचिव धनज्वय दवाडीले जानकारी दिए । अन्य ६ प्रदेशले भने यसअघि नै अधिवेशनको मिति तय गरिसकेका छन् ।
प्रतिक्रिया