‘छानबिन समिति मागेर प्रधानमन्त्री हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याइयोस्’ (भिडिओ) – Nepal Press

‘छानबिन समिति मागेर प्रधानमन्त्री हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याइयोस्’ (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुन तस्करीलगायतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरू गरेर सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा गरे । गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागले अहिलेको अनुसन्धानलाई नै प्रभाव पर्ने जिकिर गरेका छन् ।

‘उच्चस्तरीय छानबिन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यदेशको प्रश्न उठ्नसक्छ र प्रधानमन्त्रीले समेत राजीनामा गर्नुपर्ने अवस्था आउन सक्छ । प्रधानमन्त्रीलाई नै हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याउन सुझाव दिन्छु’, गौतमले भने ।

सरकारले नै छानबिनका लागि समय माग गरेकाले पर्खनुपर्ने र त्यसपछि मात्रै उच्चस्तरीय छानबिन समिति माग गर्नुपर्ने उनको राय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर