उच्चस्तरीय छानबिन समिति बनाउन माओवादी नेताहरु तयार छैनन्ः सांसद शर्मा (भिडिओ) – Nepal Press

उच्चस्तरीय छानबिन समिति बनाउन माओवादी नेताहरु तयार छैनन्ः सांसद शर्मा (भिडिओ)

'आफैँ राज्य संयन्त्रको दुरुपयोग गरेर आफैँ अनुसन्धान गर्छु भन्दा कसले पत्याउँछ'

काठमाडौं । नेपाली का‌ंग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताए । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिनेकुरामा कसैको हानी नहुने बताए । उनले राजश्व अनुसन्धान र सिआईबीले मात्रै अनुसन्धानको निस्कर्ष निकाल्न नसक्ने बताए ।

सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने उनको भनाइ छ । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा (माओवादी केन्द्र) का सांसदहरु नै नमानेको र ढिलो चाँडो उच्चस्तरी समिति बनाउन माओवादी तयार हुनुपर्ने बताए ।

‘यत्रो सुन काण्ड भएको छ । सम्बन्धित मन्त्रीले राजीनामा गरेर सरक्क बाटो सहज गर्नुको सट्टा संसद अवरोधको बाटोमा लैजाने जिम्मा त सरकारले पनि लिनुप¥यो नि । दुई जनाले सरक्क राजीनामा गर्ने, अनुसन्धानको बाटोलाई सहज बनाइदिने, शक्तिशाली संयन्त्र गठन गर्ने, अथवा हाम्रो सचेतकले नयाँ सजेशन दिनुभएको छ नी, संसदीय समितिको राज्य व्यवस्था समितिलाई जिम्मा दिने । त्यो त मिनि पाल्र्यामेण्ट हो नि । त्यहाँ फुल अथोरिटीसहित त्यसलाई जिम्मा दिँदा के बिग्रियो । तर अहिले माओवादीका साथीहरु मानिरहनुभएको छैन जस्तो देखिन्छ हेर्दा । उहाँहरुले ढिलो चाँडो मान्नुपर्छ । यो पक्ष, विपक्षको होइन, देशका नागरिकको कुरा हो । सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि म आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँदैन नि । यो राज्यको संयन्त्रको दुरुपयोग गरेर सुन तस्करी भएको हो, त्यसैले सिआईबी, राजश्व अनुसन्धानलाई पनि हेर्ने अर्को संयन्त्र आवश्यक छ ।’ उनले भने ।

सांसद शर्माले राज्य व्यवस्था समितिलाई पूर्ण अधिकार दिएर अनुसन्धान गर्न सकिने बताए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर