यस्तो छ आज विदेशी मुद्राको विनिमयदर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न मुलुकहरूको मुद्रा विनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद मूल्य १३२ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, युरो १ को १४५ रुपैयाँ १० पैसामा कारोबार हुनेछ ।

हिजो अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको थियो।

बेलायती पाउन्ड स्ट्रलिङ १६८ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर ८६ रुपैयाँ ४५ पैसा र क्यानेडियन डलर ९८ रुपैयाँ ४७ पैसामा कारोबार हुँदा सिंगापुर डलर ९८ रुपैयाँ २६ पैसामा खरिदबिक्री हुनेछ ।

जापानी येन आज १० को ९ रुपैयाँ २२ पैसामा कारोबार हुँदा चाइनिज युआन १८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

कतारी रियाल खरिद मूल्य १ को ३६ रुपैयाँ ३० पैसा, साउदी रियालको ३५ रुपैयाँ २४ पैसा, युएई दिराम ३६ रुपैयाँ रहेको छ ।

मेलसियन रिङगेट २८ रुपैयाँ ९२ पैसा कायम हुँदा कुवेती दिनार ४२९ रुपैयाँ ८३ पैसा र बहराइन दिनार ३५० रुपैयाँ ७१ पैसामा कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर