आजको शेयर कारोबार- यी ५ कम्पनीले सबैभन्दा बढी कमाए
काठमाडौं । शेयर बजार सूचक नेप्से बिहीबार सामान्य बढेको छ । बुधबार २ हजारको विन्दुलाई परीक्षण गरेर फर्किएपछि बिहीबार सामान्य अंकले बजार बढेको हो ।
आज ५.१३ विन्दुले बढेर २०६६.०५ अंकमा रोकिादा २ अर्ब १५ करोड रूपैयाँभन्दा बढीको सेयर कारोबार हुदा होटेल तथा पर्यटन समूह सबैभन्दा बढीले वृद्धि भएको छ । यसघि नेप्से मौद्रिक नीतिपछि निरन्तरजसो घटेर २ हजारको मनोवैज्ञानिक रेखासम्म झरेको थियो ।
यस दिन २६९ कम्पनीको ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपर तामाकोशी र शिवम् सिमेन्ट्स रहेका छन् । अभियान लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रो इनर्जी, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, नबिल इक्विटी फण्ड र सोल्टी होटलबिहीबारको कारोबारमा सर्वाधिक कमाउने (टप गेनर) कम्पनी बनेका छन् ।
होटल तथा पर्यटन, लगानी, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, म्युचुअल फण्ड, ट्रेडिङ र अन्य उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।