सिम्रिक एयरको सबै उडानमा रोक, ४६ लाख क्यानलाई तिर्नुपर्ने – Nepal Press

सिम्रिक एयरको सबै उडानमा रोक, ४६ लाख क्यानलाई तिर्नुपर्ने

काठमाडौं । वित्तीय अवस्था राम्रो नभएको भन्दै सिम्रिक एयरको सबै उडानमा रोक लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सिम्रिकले आजदेखि नै लागू हुने गरी सबै उडान रोकेको हो ।

क्यानको सूचना अधिकारी ज्ञानेन्द्र भुलले सिम्रिक एयरको सबै उडानमा रोक लगाएको बताए ।

उनले नेपालप्रेसँग भने, ‘महानिर्देशकले आफ्नो अधिकार प्रयोग गरेर सिम्रिक एयरको सबै उडानमा रोक लगाउनु भएको हो । सिम्रिक एयरको वित्तिय अवस्था खराब रहेको देखिन्छ । भने, क्यानलाई पनि ४६ लाख सेवा शुल्क तिर्न बाँकी छ ।’

सिम्रिकले ४ वटा हेलिकप्टरमार्फत सेवा दिरहेको थियो । भने, सिम्रिक एयर क्याप्टेन रामेश्वर थापाको हो । थापाको सिम्रिक एयरले क्यानको बक्यौता नतिरेसम्म कुनै पनि उडान हुन नदिनेगरी उडानमा रोक लगाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर