एमाले लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट मापदण्ड तय – Nepal Press

एमाले लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट मापदण्ड तय

रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले आगामी भदौमा हुने प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट मापदण्ड निर्धारण गरेको छ ।

भदौ १६-१७ गते बुटवलमा आयोजना गरिएको प्रथम प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको मापदण्ड निर्धारण गरिएको एमाले प्रदेश कमिटीले जनाएको छ ।

साउन २५ गते लमहीमा सम्पन्न आयोजक समितिको बैठकले अधिवेशनमा सहभागिताका लागि १ सय सदस्य बराबर १ जना प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था गरेको छ । खुल्लातर्फ १ सय जना सदस्य बराबर १ जना दलिततर्फ ७५ जना बराबर १ जना र छनौट भएका प्रतिनिधिमध्ये १ तिहाई महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधि छान्दा समावेशीतालाई ध्यान दिइनुपर्ने एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले बताए । त्यसैगरी प्रतिनिधि छनौट गर्दा १ सयभन्दा बढी भई शेष रहेको ५० अंक बराबर एकजना प्रतिनिधि थप हुने व्यवस्था छ ।

घिमिरेका अनुसार लुम्बिनी प्रदेशका सम्पूर्ण पालिका र इलाकालाई आधार मानेर भदौको ९ गते एकैदिन महाधिवेशन प्रतिनिधि छनौट गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर