एमालेको नाराबाजीपछि सदन आज पनि स्थगित
नेपाल प्रेस
२०८० साउन २६ गते १३:३०
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । सुन प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले सदन अवरोध गरेको हो ।
एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमालेकी सांसद ज्वालाकुमारी शाहले छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने बताइन् ।
एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया