सुनिल शर्मामाथि पूर्वाग्रह साँधिएको कांग्रेस नेताहरुको आशंका
पौडेल भन्छन्– सुन प्रकरणमा नाम जोडिएका अरु किन छानविनमा तानिएनन् ?
काठमाडौं । नेपाली कांग्रेसले भ्रष्टाचारका घटनामा कारवाही गर्दा दलीय पूर्वाग्रह राख्नु नहुनेमा जोड दिएको छ । पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेको विषयमाथि आज संसदीय दल वैठकमा छलफल भएको थियो ।
बैठकपछि पार्टीका सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले भ्रष्टाचारका घटनाहरु इमान्दारितापूर्वक खोलिएको हो भने कांग्रेसको आपत्ति नहुने बताए । तर, पार्टी हेरेर कारवाही गरियो भने स्वीकार्य नहुने उनको भनाइ थियो ।
‘भ्रष्टाचारीको पार्टी हुँदैन र उनीहरुलाई संरक्षण गर्न हुँदैन भन्नेमा कांग्रेस स्पष्ट छ । तर, अमूक पार्टीको मान्छे पर्यो भने कारवाही गर्ने्, आफ्नो पार्टीको पर्दा केही नगर्ने खालको पूर्वाग्रह भयो भने हाम्रो गम्भीर आपत्ति रहन्छ,’ उनले भने ।
ललिता निवास र सून प्रकरणमा पहिले जिम्मेवारी पाएका धेरै नामहरु आएको पौडेलले बताए । ‘उनीहरु सबैलाई छानविनको दायराभित्र ल्याउने कोशिष किन भइरहेको छैन ?’ उनले प्रश्न गरे ।
‘२०६४ सालपछि भएका सबै भ्रष्टाचारजन्य घटनाहरुको छानविन हुनुपर्ने पौडेलको माग छ । त्यसमध्ये क्यान्टोनमेन्टको भ्रष्टाचार पनि एउटा हो । ती सबैको छानविन गर्नुपर्छ । तथ्य र प्रमाणको आधारमा कारवाही हुनुपर्छ,’ पौडेलले थपे ।
सुनिल शर्माको विषयमा पार्टीले खोजी गरिरहेको उनले बताए । ‘जुन इल्जाम उहाँमाथि लगाइएको छ, त्यसले यो ढंगबाट गिरप्तार गर्ने आधार पुग्छ ? सुन प्रकरणमा कडा अभिव्यक्ति दिएकै आधारमा प्रतिशोध साँध्ने काम गरिएको त होइन रुयदि त्यसो हो भने गम्भीर दुर्घटना हुन सक्छ,’ उनले भने ।
कांग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीले पनि अहिलेकै समयमा सुनिल शर्मा पक्राउ पर्नुले आशंका जन्मिएको बताए ।
उनले भने, ‘२७ वर्षपछि जब उहाँले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा गर्नुभयो, यो केस कि तात्यो ? योभन्दा अघि के हेरेर बसेका थिए कारवाही गर्ने निकाय रु अलि दिन पर्खेको भए के जान्थ्यो रु सुनील शर्मा भागेर जाने मान्छे त होइन । यो कारवाही प्रतिशोधात्मकरुपमा गरिएको आम धारणा छ ।’