सुनिल शर्माप्रति गृहमन्त्रीले प्रतिशोध साँधेको आरोप, संसद र सार्वजनिक रुपमा जवाफ दिन माग (भिडिओ) – Nepal Press

सुनिल शर्माप्रति गृहमन्त्रीले प्रतिशोध साँधेको आरोप, संसद र सार्वजनिक रुपमा जवाफ दिन माग (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति आपत्ति जनाएको छ।

पार्टी संसदीय दलको बैठकपछि सांसद श्याम घिमिरेले सामान्य केसमा संसद चलिरहेको सांसद पक्राउ गर्नु गैर कानूनी र गैर संसदीय अभ्यास भएको बताए।

उनले सांसद शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाए।

उनले भने, ‘संसद चलिरहेको बेलामा यसरी गिरफ्तारी गर्नुपर्ने कारण के पर्‍याे ? अरु बाटाहरु पनि थिए। उहाँलाई बयान लिन सकिन्थ्यो होला। थुनामै राख्नुपर्ने कारण के पर्यो ?यो प्रतिशोधको भावले काम गरेको बुझाइ हाम्रो रह्यो। यसको गृहमन्त्रीले संसद र सार्वजनिक रुपमा जवाफ दिनुपर्‍याे ।’

यस्तै, प्रमुख सचेतक रमेश लेखकले पार्टीको सांसद पक्राउ गर्नु अनुचित भएको भन्दै सांसदहरुले धारणा राखेको बताए।

उनले आइतबार बस्ने बैठकले धारणा सार्वजनिक गर्ने बताए। उनले भने, ‘आज आपत्तिजनक र गम्भिर ढंगले साथीहरुले यो बिषयलाई उठाउनुभएको छ। यसलाई गम्भिरतापूर्वक लिएका छौं। थप छलफल हुन्छौं। र पर्सी निर्णय गछौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर