मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई ‘रामनगर सामुदायिक हस्पिटल’ मा विशेष छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले नवलपरासीको ‘रामनगर सामुदायिक हस्पिटल’ मा विशेष छुट पाउने भएका छन् ।
आइतबार बैंक र हस्पिटलबिच विशेष छुटका लागि व्यावसायिक सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले हस्पिटलका विभिन्न सेवाहरूमा २० प्रतिशत सम्मको विशेष छुट सम्म छुट पाउनेछन् ।
त्यस्तै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसीनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
साथै, प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।