राजीनामा दिनबाहेक गृहमन्त्री संसद्‍को रोष्ट्रममा उभिन मिल्दैन, हामीले सत्तातिर हेरेका छैनौं : ओली (भिडिओ) – Nepal Press

राजीनामा दिनबाहेक गृहमन्त्री संसद्‍को रोष्ट्रममा उभिन मिल्दैन, हामीले सत्तातिर हेरेका छैनौं : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा जानु अनौठो भएको बताएका छन्।

सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विमानस्थलबाट जे आयो सबै सुन हुने गरेको बताए।

उनले भने, ‘एउटा मात्रै माध्यमबाट क्विन्टलका क्विन्टल सुन ल्याएको छ। यस्तो कम्पनी कसरी आएको छ। त्यसको मान्छेलाई नागरिकता कसले दियो ? त्यो सिफारिसको प्रतिवेदन कहाँ छ ? त्यो गायब छ।

उनले सत्तापक्षले नै संसद अवरोध गरेर आफूहरूलाई बोल्न नदिएको बताए।

उनले भने, ‘संसद् अवरोध गर्नै हुँदैन। अवरोध गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद् देश र जनताका लागि काम गर्ने थलो हो। जनता र देशका काम निर्बाध रूपमा काम गर्न पाउनुपर्छ। संसद् देश र जनताका पक्षमा आवाज उठाउने। सरकारमा भए रक्षा गर्ने, नभए रक्षाका निम्ति दबाब दिने थलो हो। संसद् निदाएर, सुतेर बस्ने ठाउँ होइन। संसद् चलोस् न त। संसद् चल्नुपर्छ तर, बरु बोल्नु हुँदैन भन्ने होइन।

उनले एमालेलाई सरकारमा कुनै रुचि नभएको उल्लेख गर्दै देशको भएको बताए। देशको अर्थतन्त्र सरकारकै कारणले ध्वस्त भएको आरोप लगाए।

उनले भने, ‘हामीले सत्तातिर हेरेको छैन। हामीले त्यता हेरेका पनि छैनौँ। यसको अर्थ हामीले हेरेको छैन भनेपछि सरकारले जे गरे पनि ढुक्क रहेछ नि भन्ने कुरा चल्दैन। जे पनि गर्न पाउँदैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर