दास मानसिकता – Nepal Press
ब्लग

दास मानसिकता

जीवनको प्रधानता रहेको सोच नै दास हुने रहेछ । मात्रात्मक रुपमा कम वेशी भए तापनि सबैमा प्रवल हुने दास मानसिकताले सिंगो जीवन नै प्रताडित हुने रहेछ । कहीं न कहीं, कसै न कसैप्रति रहने दास मानसिकताले जीवन नै तरंगित बनाइदियोे ।

दास मानसिकताको सूत्रधार के हो ? आफैंमा निहितार्थ हुने सोचको कारक तत्व के रहेछ ? दास मानसिकताविनाको जीवन सम्भव छ कि छैन ? दास मानसिकताको मात्रा अशिक्षितमा बढी र शिक्षितमा कम हुने हो कि यसमा पनि चेतनाले काम गरेको हुन्छ ? कसैमा अधिनस्थ रहने कि नरहने अथवा परनिर्भरता रहने कि नरहने भन्ने विषय आमव्यक्तिको चेतनाले कति प्रभाव पार्ला ?

मानव जाति आफैंमा आफैं सिर्जित सामाजिक प्राणी हो । सामाजिक प्राणी हुँदै गर्दा अन्य असामाजिक प्राणीमा देखाइने स्वभावमा स्वतः दास मानसिकता झल्किएको हुन्छ । यसको मात्रामा व्यक्तिको स्वभाव निर्भर रहेको हुन्छ । अरुमा दास मानसिकता प्रकट गरिरहँदा आफैंमा पनि कसैले दास मानसिकता थोपरिरहेको हुन्छ । कसै न कसैको अधिनस्थ रहने प्रवृत्तिभित्र दास मानसिकताका प्रतीकहरु बग्रेल्ती देखिरहन्छन् ।

सोचको बन्धक दास मानसिकताको उच्चतम स्वरुप हो । सोचको बन्धक सामान्य चेतनाले महसुस गर्न सक्दैन । यो महसुस गर्न जीवनका न्यूनतम आधारशीला बुझ्न सक्ने चेतनाको विकास हुन जरुरी छ । जसका लागि समाजको विकासक्रम, मानव जातिको आवश्यकता र चाहनाको पृष्ठभूमि जान्न जरुरी छ ।

मानसिकताभित्रको सोच आफैंमा सामान्य भए तापनि यसको जटिलताको मुख्य कारक भनेको मानव जाति स्वयं नै हो । दास मानसिकताको मुख्य आधार भनेको व्यक्तिको परनिर्भरता हो । यही परनिर्भरतामा फसेको जीवनले जीवनको वास्तविकता बुझ्न दिँदैन । अथाह समस्याका बीचमा गुज्रने तत्वहरु दास मानसिकताका उपज हुन् । मानसिकताको उच्चतम सकारात्मक प्रयोगले दास मानसिकतामा कमी ल्याउन सकिन्छ । तर, त्यो सहज हुँदैन ।

सोचको बन्धक दास मानसिकताको उच्चतम स्वरुप हो । सोचको बन्धक सामान्य चेतनाले महसुस गर्न सक्दैन । यो महसुस गर्न जीवनका न्यूनतम आधारशीला बुझ्न सक्ने चेतनाको विकास हुन जरुरी छ । जसका लागि समाजको विकासक्रम, मानव जातिको आवश्यकता र चाहनाको पृष्ठभूमि जान्न जरुरी छ ।

दास मानसिकता आम समस्या हुन् या यसको प्रकृति पनि असमान हुन्छन् ? यो दास मानसिकतामा समाज, व्यक्ति, चेतनास्तर र सामाजिक वातावरणले प्रभाव पार्दैन ? स्वाभाविक रुपमा दास मानसिकता आमसमस्या हो । यसको प्रकृति पनि असमान हुन्छ । व्यक्तिमा निर्भर रहने क्षमता र चेतनास्तरले यसको मापन गर्ने गर्छ र सोहीअनुसार यो पनि मात्रात्मक रुपमा कम वेशी रहने गर्दछ । दास मानसिकता सामाजिक वातावरणको प्रभाव, समाजमा रहने व्यक्तिको चेतनास्तरमा पूर्ण निर्भर रहन्छ । तर, यो औसतमा सर्वव्यापी रहेको हुन्छ ।

सम्पन्न व्यक्ति हुँदैमा दास मानसिकताको प्रभाव नहुने र अशिक्षित वर्ग हुनेबित्तिकै यसको मात्रा अत्यधिक हुने सोच सर्वमान्य हुन सक्दैन । किनकि व्यक्तिमा निहित हुने मानसिकतालाई व्यक्ति स्वयैले नियन्त्रण गर्ने हुँदा व्यक्तिको क्षमता र जीवनलाई हेर्ने दृष्टिकोणमा यसको भाष्य निर्माण हुने गर्छ ।

मान्छेमा किन दास मानसिकता पैदा हुन्छ ? यो प्राकृतिक नियमको अंग हो । समाज विकासको घटनाक्रम र मानव जातिको उत्पत्तिलाई नियाल्ने हो भने सजीवको मस्तिष्कमा नै डर पैदा भएको हुन्छ । जहाँ डर हुन्छ, त्यहाँ सोचको विकास हुन्छ । जहाँ सोच रहन्छ, त्यहाँ दास मानसिकता पैदा हुन्छ ।

मानसिकता आमपयार्य हो । तर, मानसिकताको प्रारुपभित्र दास हावी भएको हुन्छ । जसमा आफैंप्रति विश्वास हुँदैन, त्यसमा दास मानसिकता वढी झल्किन्छ भने जो स्वनिर्भर छ उसमा कम ।

परनिर्भर रहनुपर्ने सामाजिक न्यायको सिद्धान्त नै हो । तर, यसको मात्राले भने जीवनको आयाममा धेरै प्रभाव पार्छ । कोही कसैप्रति आग्रह र पूर्वाग्रह समाज विकासको आवश्यकता नै हो । तर, कसैलाई कसैमाथि दास मानसिकता लाद्दै गर्दा ऊ पनि कसैबाट दास भइरहेको महसुस नै हुँदैन । ठूलोले सानोमाथि देखाउने भावमा पनि दास मानसिकता हावी हुन्छ भने कोही कसैप्रति प्राप्तिको आशा गरिरहँदा पनि दास मानसिकताले काम गरेको हुन्छ । कोही सधैं दासमात्र भइरहने र कोही सर्वमान्य भइरहने भन्ने हुँदैन ।

सम्पन्न व्यक्ति हुँदैमा दास मानसिकताको प्रभाव नहुने र अशिक्षित वर्ग हुनेबित्तिकै यसको मात्रा अत्यधिक हुने सोच सर्वमान्य हुन सक्दैन । किनकि व्यक्तिमा निहित हुने मानसिकतालाई व्यक्ति स्वयैले नियन्त्रण गर्ने हुँदा व्यक्तिको क्षमता र जीवनलाई हेर्ने दृष्टिकोणमा यसको भाष्य निर्माण हुने गर्छ ।

दास मानसिकता लाद्न खोज्नु कमजोर मानसिकताको उपज हो । कसैलाई कसैको अधिनस्थ राख्न खोज्नु भनेका त्यो उसको अल्पज्ञान हो । म ठूलो भन्ने मानसिकता नै दास मानसिकता हो । जो हरेकमा कम वेशी पाइन्छ ।

प्राप्तिमा जीवनको उपलब्धि ठान्ने र गुमाउनुपर्दा संसार हारे जस्तो सोच्नु भनेको नै दास मानसिकता हो । कोही पनि आफ्नो स्वार्थलाई प्रधान सोच्छ भन्ने कुरालाई हेक्का राख्न सक्नुपर्दछ । अनिमात्र दास मानसिकता कमजोर बन्छ । आफूमा नै केन्द्रित व्यवहार मानव जातिको उच्चतम रुप हो । यही सर्वमान्य सिद्धान्तसमेत बुझ्न नसक्दा हाम्रो मानसिकता झन झन दास बनिरहेको छ । जसको प्रभाव आम जीवनमा परिरहेको छ । जब मानसिकता शिथिल बन्छ, जीवनमा अनेक समस्याहरु जटिल बनिदिन्छन् ।

किन हामी दास बन्यौं ? किन हाम्रा सोचहरु दास बने ? यसको विषय उठान त्यति सहज छैन, जति हामी सोचिरहेका छौं । आफैंप्रतिको भरोसा नहुँदा बग्रेल्ती दास मानसिकता हावी बनिदियो । कसैलाई लाग्दो हो, म सम्पन्न छु, सबैमा आफ्नो विचार लादिरहेको छु । तर, उसलाई हेक्का हुँदैन, ऊ पनि कसैबाट दास बनिरहेको छ । यो सबै जीवनभित्रका डर र भ्रमका उपज हुन् ।

एक-अर्काको परिपूरकका रुपमा रहेको सामाजिक व्यवस्था यसका अनुयायी हुन् । जसभित्र सामाजिक व्यवस्थाको कल्पना गर्न सकिँदैन । मुख्य चुरो भनेको दास मानसिकता हावी हुनेहरुले जीवनका मूल्य र मान्यता बुझ्न जरुरी छ ।

भौतिक, आर्थिक र सर्वमान्य सोचका मतियारहरु दास मानसिकताका पर्याय हुन् । जो आफूलाई ठूलो र योग्य महसुस गर्छ र कमजोर ठानिएको वर्गमाथि अनेक दास प्रवृत्ति देखाइरहन्छन् । अरुलाई कमजोर देखाएर आफू बलियो सोच्नेहरुका भीडमा दास मानसिकता नै मुख्य कारण हो । यही मानसिकताका कारण समाजमा अराजकता, असहिष्णुता र असमानताको अवस्था सृजना भएको छ । आफैंले आफूलाई चिन्ने प्रयत्न गर्ने हो भने दास मानसिकता कम हुँदै जानेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *