कांग्रेस सांसद राणाको प्रश्न- सुनमा महराका बाबुछोरा र शरणार्थी प्रकरणमा बादलमाथि किन छानबिन गरिएन ? (भिडिओ)
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सरकारले अघि बढाएको छानविनमा कांग्रेस नेताहरुलाई मात्रै टार्गेट गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सुन प्रकरणमा नाम जोडिएका प्रधानमन्त्रीका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि किन छानविन नगरेको? भन्दै प्रश्न गरे ।
उनले भने, ‘कांग्रेसका नेता कार्यकर्तामाथि मात्रै अनुसन्धानको घेरामा राख्न मिल्दैन । महराका बाउछोराको सुन प्रकरणमा नाम जोडिरहेको छ उहाँहरुमाथि किन छानविन भएन त्यो कुरा पनि आएको छ ? भुटानी शरणार्थी प्रकरणमा पनि त्यो प्रक्रिया बादल गृहमन्त्री हुँदा सुरु भएको छ । किन उहाँलाई अनुसन्धानमा ल्याइएन। अरुलाई किन ल्याइयो ? तर, कांग्रेसलाई मात्रै टार्गेट गरियो ?’