एभरेष्ट बैंकले सुरु गर्‍यो ‘फोन ट्याग’ अफलाइन डिजिटल पेमेन्ट – Nepal Press

एभरेष्ट बैंकले सुरु गर्‍यो ‘फोन ट्याग’ अफलाइन डिजिटल पेमेन्ट

काठमाडौं । एभरेष्ट बैंकले बजारमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट ‘फोन ट्याग’ ल्याएको छ ।

आइतबार बैंकले फोन पेसँगको सहकार्यमा अफलाइन डिजिटल पेमेन्ट ‘फोन ट्याग’ बजारमा ल्याएको हो ।

‘फोन ट्याग’ बाट इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकलाई मोबाइल बैंकिङ एपबाट ‘एनएफसी’ ट्याग’ वा ‘सीपीक्युआर’ कोड अर्थात् ग्राहकले प्रस्तुत गर्ने क्यूआफ कोड प्रस्तुत गरेर भुक्तानीहरू गर्न सकिनेछ ।

बैंकका सबै ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप मार्फत प्रयोग गर्न सक्नेछन् अफलाइन कारोबारको सीमा ५ हजार रुपैयाँ प्रति कारोबार रहेको छ ।

बैंकका अनुसार हाल एन।एफ।सी सक्षम एन्ड्रोइड स्मार्ट फोनहरूमा उपलब्ध छ । भने, नभएका मोबाइल फोनमा ग्राहकले सीपीक्यूआर कोड अर्थात् ग्राहकले प्रस्तुत गर्ने क्यूआर कोड प्रयोग गर्न सक्नेछन्।

‘फोन ट्याग’ को सुरुवातसँगै ग्राहकले विभिन्न मर्चेन्ट आउटलेटहरूमा ‘फोन ट्याग’ द्वारा भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक पाउन सक्नेछन्।


प्रतिक्रिया

One thought on “एभरेष्ट बैंकले सुरु गर्‍यो ‘फोन ट्याग’ अफलाइन डिजिटल पेमेन्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर