एमालेको सचिवालय बैठक सुरु
नेपाल प्रेस
२०८० साउन २९ गते १२:३८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा बैठक बसिरहेको छ।
बैठकमा सुन प्रकरणसहित समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।
सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आइरहेका छ। तर, सरकार अझै समिति गठन गर्ने पक्षमा छैन।
आज पनि प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि सचिवालय बैठक राखेका हुन्।
प्रतिक्रिया