झिनो अंकले घट्यो नेप्से – Nepal Press

झिनो अंकले घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ५४ लाख १७ हजार ९२८ कित्ता शेयरको दरिदबिक्री हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा अज कारोबार रकम घटेको छ ।

आज थ्रीस्टार हाइड्रोपावर लिमिटेड र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले सर्वाधिक नाफा कमाएका छन् भने शिद्धार्थ प्रिमियर इन्सयोरेन्स र बुद्ध भूमि नेपाल हाइड्राोपावर कम्पनीले सर्वाधिक गुमाएका छन् ।

त्यसैगरी, सोमबार बजार पुँजिकरण ३१ खर्ब १० अर्ब रुपैयाँ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर