सरकारले थालेको सुशासनको अभियानबाट विश्राम लिँदैन : गृहमन्त्री श्रेष्ठ (भिडिओ)
नेपाल प्रेस
२०८० साउन २९ गते १८:०२
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताएका छन् । गृहमन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले अघि बढाएका अभियानबाट विश्रम नलिने बताए ।
उनले भने, ‘हामीले सुशासनलाई प्राथमिता दिएका छौं । त्यही अनुसारको काम अगाडि बढाएका छौं । हामीले ती अभियालाई विश्राम नलिइ आगाडि बढाउँछौं । अपराधी, तस्कर र अनियमिता गर्नेहरुलाई सरकारले छुट दिँदैन ।’
उनले दोषीलाई कारबाही गरेरै छाड्ने र निर्दोषलाई नछाड्ने पनि स्पष्ट पारे ।
प्रतिक्रिया
विश्राम नलिने भए भुटानी शरणार्थी काण्डमा प्रचण्डसँग बयान लेउ । बालुवाटार काण्डमा माधवलाई समात । सुन काण्डमा भारतीय छ तस्कर त्यसलाई समात र उसको नेपालमा भएको सम्पत्ति जफत गरेर देश निकाला गर । कालिमाटी तरकारी बजार सटर भाडा काण्डको छानबिन गर । अमनलाल मोदीलाई सरूवाको लिष्ट थमाउने र सेटिङ गर्ने अनि भने बमोजिम सरूवा नगरिदिएको भनेर मोदी हटाउन लगाउने छोरीमाथि अनुसन्धान गर । हिम्मत छ ? थाहा छ यी कुनै काम हुँदैनन । अनि के छानबिनको नाटक गर्छौ ? चुपचाप जागिर खाएर बस प्रचण्डको पुच्छर बनेर ।