केशव स्थापितसहित एमालेका दुई केन्द्रीय सदस्य बिदा, क्रान्ति बनिन् अर्थ तथा योजना विभागको सचिव
काठमाडौं । नेकपा एमालेले केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई बिदा गरेको छ ।
स्थापित र अर्का केन्द्रीय सदस्य सिराहाका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय सोमबारको सचिवालय बैठक गरेको हो ।
एमालेका एक नेताका अनुसार यादव र स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए । त्यसपछि उनीहरूको राजीनामा स्वीकृत गरिएको हो ।
सोमबारकै बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनीत गरेको छ । सो विभागको प्रमुख एमाले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे छिन । उनीभन्दा पहिले घनश्याम भुसाल सो विभागको प्रमुख रहेका थिए ।
यस्तै खानेपानी तथा सरसफाइ सचिवमा आर वशिष्ठ मनोनीत गरेको छ । एमालेले संगठन विभागको सचिवमा माधव ढुंगेललाई मनोनीत गरेको थियो ।