दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारका पाँचवटा कसूरमा दोषी ठहर
नेपाल प्रेस
२०८० साउन ३० गते १८:३६
काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार घुस र रकम हिनामिनाजस्ता ५ वटा कसूरमा दोषी ठहर गरेको हो ।
यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले रिजालविरुद्ध लगाइएको आरोप ठहर गरेको हो । रिजालविरुद्ध चारवटा घुस र एउटा रकम हिनामिना सम्बन्धी कसुर गरेको आरोप लागेको थियो। २०७६ माघ २० गते रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दायर गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर