कुश्मामा खुल्ला तथा सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुँदै
पर्वत । पर्वत स्पोर्टस् हाउस कुश्माको आयोजनामा खुल्ला तथा सी लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल वडागाँउमा भाद्र ८ र ९ गते प्रतियोगिता हुने भएको हो ।
‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ भन्ने मुल नारा सहित हुने प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति, पर्वत पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माको संयोजन रहेको छ ।
खुला ब्याडमिन्टनतर्फ नेपालका २० र्याङ्कीङभित्र बाहेकका खेलाडीहरू प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
सी लेभल ब्याडमिन्टनतर्फ साबिकको धौलागिरि अञ्चल भित्रका खेलाडी र पर्वत मोदीकाली ब्याडमिन्टन संघका आजीवन सदस्यरही देशभरि रहेका सदस्यहरूले सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि टीम दर्ता ७ गते हुने आयोजक पर्वत स्पोर्टस हाउसका प्रोपाईटर जगदीश सुवेदीले बताए ।
प्रतियोगिताको खुला तर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार र तृतीय पुरस्कार रु १० हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । सी लेभल तर्फ प्रथम पुरस्कार रु २०हजार, द्वितीय पुरस्कार रु १० हजार र तृतीय पुरस्कार रु ६ हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको खेल संयोजक सुनिल थापाले बताए ।
यसै गरि खुला र सी लेभल तर्फ प्रथम हुने जोडीलाई हार्नेस जीपलाईन प्रालिकुश्माको तर्फबाट क्लासिक जीपलाईन निशुल्क गराइदिने हार्नेस जीपलाईन प्रालिका सञ्चालक सुनिल बानियाँले बताए ।
खेलाडीहरूको सुविधाको मध्यनजर राख्दै बिहानको खाना कभर्डहलमा आयोजकले व्यवस्था गरिने खेल संयोजक एवम् पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माका कोषाध्यक्ष राम पुनले बताए ।
धन्यावाद