उपप्रधानमन्त्री खड्काको आग्रह- सरकार र पार्टी नेतृत्वप्रतिको गुनासो चिया पसल र गल्लीमा नगर्नुस् (भिडिओ)
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार र पार्टी नेतृत्वको गुनासो चिया पसल र सडकमा नगर्न आग्रह गरेका छन् ।
कांग्रेसनिकट निजामती कर्मचारी युनियनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुनासो भए फोन र भेटेर राख्न आग्रह गरे ।
खड्काले भने, ‘हामी पार्टीको नेतृत्व गरेर सरकारमा गएका छौं । सरकार र हाम्रो तर्फबाट काममा भएका गुनासोहरू भेटेर वा फोन गरेर भन्नुस् । हामीसँग भएका गुनासा सडक, गल्ली र चिया पसलमा गर्न थाल्नुभयो भने संगठन सुदृढीकरण र नेतृत्व विकास त्यहीँ हार्छ । गुनासो भए छलफल, बहस गरौं, बाझौं तर एउटा निष्कर्षमा पुग्छौं भन्ने हुनुपर्छ ।’
उनले अहिले सरकारले सुशासनको पक्षमा राम्रो काम गरिरहेकाले सहयोग गर्न आग्रह गरे ।