इङ्ल्यान्डविरुद्ध मध्यान्तरपछि बराबरीमा फर्किएको अष्ट्रेलिया फेरि पछि पर्यो
नेपाल प्रेस
२०८० साउन ३१ गते १७:२१
काठमाडौं । महिला विश्वकप फुटबलअन्तर्गत अहिले दोस्रो सेमिफाइनलमा घरेलु टोली अष्ट्रेलिया र इङ्ल्यान्ड भिडिरहेका छन् । दोस्रो हाफ जारी रहँदा इङ्ल्यान्ड २-१ गोलले अगाडि छ ।
इङ्ल्यान्डले ३६ औँ मिनेटमा अग्रता लिएको थियो । एन्ना आन टोनीले गोल गरेपछि अष्ट्रेलिया खेलमा पछि परेको थियो ।
तर अस्ट्रेलियाकी समन्था करले ६३ औँ मिनेटमा खेल बराबरीमा ल्याइन् । ७१ औँ मिनेटमा लरेन हेम्पको गोलमा इङ्ल्यान्डले फेरि अग्रता लिएको हो । यो खेलको विजेताले उपाधिका लागि स्पेनसँग खेल्ने छ ।
प्रतिक्रिया
सम्बन्धित खवर