बिग्रिएको टिपरलाई आगो लगाएर बीमा रकम हत्याउने योजना, उजुरी गर्न पुगेका मालिक नै पक्राउ – Nepal Press

बिग्रिएको टिपरलाई आगो लगाएर बीमा रकम हत्याउने योजना, उजुरी गर्न पुगेका मालिक नै पक्राउ

काठमाडौं । बिग्रिएर थन्किएको टिपरमा आगो लगाएर बीमा रकम हत्याउन खोजेको आरोपमा ललितपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको मन्थली-१२ का ३४ वर्षीय प्रदिपकुमार खत्री, सिन्धुलीको दुधौली-१४ का २५ वर्षीय रंगबहादुर बुढाक्षेत्री र रामेछापको मन्थली-१२ का ३३ वर्षीय भीमसेन खत्री रहेका छन् । गत साउन १२ गते राती राखेकै ठाउँमा आगजनी भएको भन्दै टिप्परका मालिक प्रदिपले महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी गरेका थिए ।

अनुसन्धानका क्रममा खत्रीसहितको योजनामा उनिहरुले नै टिपरमा आगो लगाएर विमा रकम हत्याउन खोजेको ललितपुर प्रहरीले दाबी गरेको छ । प्रहरीका प्रदिपले १३ महिना अघि मासिक किस्तामा रकम भुक्तान गर्ने गरी १३ लाख रुपैयाँमा उक्त टिपर लिएका थिए ।

तर चार महिनाअघि देखि उक्त टिपर गोदावरी नगरपालिका-१२ ठेचोस्थित नख्खु खोलामा थन्क्याएर राखिएको अनुसन्धानका क्रममा खुलेको छ । बनाउन धेरै पैसा लाग्ने भएपछि आगजनी गरेर विमा रकम लिने योजना उनिहरुले बुनेको प्रहरीको दाबी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर