ललिता निवास प्रकरण : उमेर र स्वास्थ्यका कारण दुई आरोपितलाई थुनामुक्त गर्न आदेश
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका २ जनालाई अदालतले थुनाका लागि थप म्याद नदिएपछि बुधबार छुटेका छन् ।
मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरी घिमिरेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश गरेको हो ।
उनीहरुलाई अभियोग पत्र पेश गर्दा सँगसँगै पेश गर्न आदेश भएको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबी प्रवक्ता नवराज अधिकारीले बताए । अदालतले स्वास्थ्य र उमेरका कारणले उनिहरुलाई थुना बाहिर राख्न भनेको सीआईबीले जनाएको छ ।
गौतम पक्राउ परेको ५१ औँ दिनमा छुटेका हुन्। घिमिरे भने पछि पक्राउ परेका थिए । अन्यको हकमा भने अदालतले ५ दिनको समय दिएको छ । ललिता निवास प्रकरणमा भदौ ८ गतेभित्र अदालतमा मुद्धा दर्ता भइसक्नुपर्ने छ ।