सिटीले जित्यो यूईएफए सुपर कपको उपाधि – Nepal Press

सिटीले जित्यो यूईएफए सुपर कपको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।

गए राति भएको खेलमा सेभियालाई ५–४ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो ।

खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो । टाइब्रेकरमा सिटीका एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए ।

सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन् । लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए ।

यूईएफए सुपर कप यूईएफए च्याम्पियन्स लिग विजेता र यूईएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *