सीडीएमए फिक्स्ड फोन सर्भिस प्रयोगकर्तालाई यस्ता छन् नयाँ प्याक
काठमाडौं । नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन सर्भिस अर्थात ‘सी फोन’ प्रयोगकर्ताहरुलाई फोरजी/एलटीई नेटवर्कमा स्थानान्तरण गर्नका नयाँ आकर्षक प्याक ल्याएको छ ।
भदौ १ अर्थात शुक्रबार देखि लागु हुनेगरी सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकहरुले ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधा ल्याएको हो ।
टेलिकमले अनलिमिटेड बेसिक अन्तर्गत दैनिक ५ एमबीपीएसको १० जीबी डाटा प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ५ हजार ९९९ र वार्षिक अवधिका लागि १० हजार ४९९ रहेको छ भने महसुल अर्धवार्षिक अवधिका लागि ४ हजार ९९९ र वार्षिक अवधिका लागि ९ हजार ४९९ रुपैयाँ रहेको छ ।
त्यसैगरी अनलिमिटेड प्रिमियम अन्तर्गत दैनिक १० एमबीपीएसको १५ जीबी डाटा प्याकेज नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ८ हजार ९९९ र वार्षिक अवधिका लागि १६ हजार ४९९ रुपैयाँ कायम गरिएको छ भने महसुल अर्धवार्षिक अवधिका लागि ७ हजार ९९९ र वार्षिक अवधिका लागि १५ जहार ४९९ रुपैयाँ रहेको छ ।
नयाँ जडान अन्तर्गत अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन-नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना अन नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुने कम्प्नीले जनाएको छ ।
कम्प्नीका अनुसार उपलब्ध हुने १० जीबी वा १५ जीबी डाटा सकिएको अवस्थामा उच्च गतिको डाटा चलाउन चाहनेहरुका लागि ५० रुपैयाँमा २४ घण्टा समयावधि सम्म चलाउन मिल्ने १० जीबी डाटा एड अन प्याकको रुपमा उपलब्ध हुनेछ ।
त्यस्तै, प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन-नेट भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० अन-नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ । भने, पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन-नेट भ्वाइस कल गर्न, ५० मिनेट अफ-नेट भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० अन-नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ ।