काठमाडौंमा नक्कली नोट छाप्ने र कारोबार गर्ने एक जना पक्राउ
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० साउन ३२ गते १८:२७
![](https://www.nepalpress.com/wp-content/uploads/2023/08/nakkali-note-karobari.jpg)
काठमाडौं । प्रहरीले नक्कली नोट छापेको आरोपमा दुई जनालाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीले उदयपुरको कटारी नगरपालिका- ७ घर भई हाल नयाँ बानेश्वर बस्दै आएका २४ वर्षीय दिलीप राईलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
उनको साथबाट नेपाली एक हजार रुपैयाँको २१ र पाँच सय रुपैयाँको २१ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै क्याननको कलर प्रिन्टर र फोटोकपी मेसिन एकएक थान पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राईले नक्कली नोट छाप्ने र कारोबारसमेत गर्ने गरेको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर