विमानस्थलबाट पहेंलो हात्ती सामान्य हेलचेक्य्राइँले छिरेको होइन: कानूनमन्त्री गुरुङ (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले विमानस्थलबाट छिरेको ६० किलो सुन भित्र्याइएको कुरालाई सामान्य हेलचेक्य्राइँको रुपमा लिन नहुने बताएका छन् ।
पार्टी निकट कर्मचारीको भेलालाई सम्बोधन गर्दै उनले विमानस्थलबाट पहेंलो हात्ती प्रवेश गरेको कुरालाई सामान्य हेलचेक्र्याइँको रुपमा लिन नहुने बताएका हुन् ।
उनले भने, ‘विमानस्थलबाट पहेंलो ठूलै हात्ती छिरेको काण्ड अहिले आइरहेको छ। त्यति ठूलो पहेंलो हात्ती गेटबाट छिर्दा खासै यो साधारण हेलचेक्य्राइँ हो भन्ने प्रतिवेदन आयो भन्ने मैले पढ्दै थिएँ वडो अचम्म छ । त्यसैले हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ।’
मन्त्री गुरुङले भ्रष्टाचार र तस्करीमा जुनसुकै पार्टीका भए पनि नछाड्ने सरकारले नीति लिएको बताए ।
उनले भने, ‘सुधार्दै जाने हो, को को पर्छन् पर्छन् । कसैको अनुहार, कसैको मुख हेर्ने होइन । भ्रष्टाचारी र तस्करीको जात, लिंग, धर्म, राजनीतिक पार्टी र राष्ट्रियता हुँदैन भन्ने मान्यताको साथ अगाडि बढ्नैपर्छ । सरकारले काम गर्दैजाँदा कहिलेकाहीं कमीकमजोरी भइहाल्छ, अहिले पनि छन् । तर, त्यसलाई सुुर्धार्दै जाने हो ।’