भत्किएको महानगरलाई कसले बनाउने ? (तस्बिरहरू)
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगर भित्रका संरचनाहरू भत्काइएका छन् तर बनाइएका छैनन् ।
सार्वजनिक एवं सरकारी जग्गाहरू मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत हो । त्यसैले पनि काठमाडौं महानगरपालिकाले त्यसरी निर्माण गरिएका संरचना भत्काइदिएको छ ।
यतिसम्म की खहरे खोला, नदीहरू मिचेर समेत घर, भवनहरू निजी स्वार्थका लागि बनाइएको पाइएको छ । केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएका कपन क्षेत्रका घरहरूमा महानगरले डोजर चलाएको थियो ।
त्यति मात्रै होइन, हात्तीसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुसीमा नदी उत्खनन, रत्नपार्कमा हडपेर राखिएका पसलहरू लगायत मिचेर बनाइएका संरचना महानगरपालिकाले भत्काउँदै आएको छ । तर यसको असर र यसबाट मानव स्वास्थ्यमा उत्पन्न हुने समस्याका बारेमा महानगर अनविज्ञ झैँ छ ।
भत्काइदिएको त छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना महानगरको हालसम्म पनि देखिँदैन । महानगर क्षेत्रमा अव्यवस्थित र सार्वजनिक सम्पत्ति हडपेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले डोजर लगाएका त छन् तर त्यसलाई व्यवस्थित बनाउने योजना उनीबाट अहिलेसम्म पनि आएको देखिँदैन ।
किनभने महानगरपालिकाले संरचनाहरू भत्काएर मात्रै छोडेको छ, बनाउन थालेको कतै छैन । भत्काइएका संरचनामाथि झारपात उम्रिसकेका छन् । सामाखुसी नदी उत्खननपछि खोला किनारका पसलहरूको अस्तव्यस्तता हेर्नुहोस् वा रत्नपार्कका पसलहरू हटाएर सार्वजनिक शौचालय निर्माणका लागि सम्म्याइएको जमिनको अवस्था हेर्नुहोस्, अवस्था भद्रगोल छ ।
कपनका खोला उत्खननपछिको अवस्था होस् वा अनामनगरस्थित सार्वजनिक जग्गामा बनेको भद्र कुमारी घले आश्रमको घर भत्काइपछिको दुरावस्था हेर्नुहोस् । कतै पनि भत्काइएपछि व्यवस्थित बनाइएको छैन ।
त्यसैले महानगरपालिकाले भत्काउनेसँगै व्यवस्थित र नागरिकलाई हिँडडुल गर्न सहज बनाइदिनेसँगै काठमाडौँलाई अझ सुन्दर बनाउने काममा लाग्दा अझ उपयुक्त र नागरिक जनप्रतिनिधिप्रति आशावादी हुनेछन् ।
सबै तस्बिरहरु : न्यूज एजेन्सी नेपाल
BS SIR is an engineer. His profession is to demolish and construct.
He is doing just the right thing. Bring down all illegal constructions first. BS SIR definitely must have a plan for reconstruction. He is a man of vision and action. What he needs is the support from the all Govt. Agencies and Nepali Janta.