महिला विश्वकपको फाइनल आज, स्पेन कि इङ्गल्यान्ड ? – Nepal Press

महिला विश्वकपको फाइनल आज, स्पेन कि इङ्गल्यान्ड ?

मेलर्बन। न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी महिला विश्वकप फुटबलको उपाधिका लागि आइतबार स्पेन र इङ्गल्यान्ड भिड्दैछन्।

दुवै टोली पहिलो पटक फाइनल पुगेका हुन्।

सेमिफाइनलमा स्पेनले स्वीडेनलाई २-१ र इङ्गल्यान्डले घरेलु टोली अस्ट्रेलियालाई ३-१ गोलले हराएका थिए।

महिला विश्वकपको ३२ वर्षे इतिहासमा हालसम्म अमेरिकाले ४ पटक, जर्मनीले २ पटक र तथा जापान र नर्वेले एक पटक यो प्रतियोगिता जितेका छन्। महिला विश्वकपले सन् २०११ पछि पहिलो पटक नयाँ विजेता पाउने छ।

खेल नेपाली समयअनुसरा ३ : ४५ मा सुरु हुनेछ ।

त्यति बेला अमेरिकालाई हराएर जापान नयाँ विजेता बनेको थियो। त्यसयता आयोजना भएका दुवै संस्करण अमेरिकाले जितेको थियो।

स्पेन र इङ्गल्यान्ड अन्तिम पटक एक वर्षअघि युरो कपको क्वाटर फाइनलमा भिडेका थिए। त्यति बेला इङ्गल्यान्डले स्पेनलाई अतिरिक्त समयमा पुगेर २-१ गोलले हराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *