उच्चस्तरीय छानबिनको पक्षमा हो रास्वपा ? रवि लामिछानेले दिए यस्तो जवाफ (भिडिओ) – Nepal Press

उच्चस्तरीय छानबिनको पक्षमा हो रास्वपा ? रवि लामिछानेले दिए यस्तो जवाफ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदन खुलाउन सबै दलका नेताहरु जिम्मेवार हुनुपर्ने बताएका छन् ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडान राख्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि प्रधानमन्त्रीले डाकेको बैठकमा कुनै सहमति नभएपछि उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रो लाइन समिति बन्न सक्छ भने बनाउँदा पनि फरक परेन । नबन्दा पनि सीआईबीले काम गरेको सही छ छैन भनेर हामीले प्रश्न गर्न पाउनुपर्छ । संसदमा प्रश्न गर्न पाउनुपर्‍यो । संसद खुल्यो भने हामीले गृहमन्त्रीलाई प्रश्न गर्न पाउँछौं, यो अनुसन्धानमा भइरहेको कमीकमजोरीबारे । त्यो हामीले पाउनुपर्‍यो । तर, संसद चाहिँ अवरोध हुन भएन भन्ने हाम्रो लाइन हो । जे छलफल गर्नुपर्छ संसदमा गर्नुपर्‍यो । के कुरा भन्नुपर्छ, सदनमा भनौं भन्ने हाम्रो लाइन हो ।’

आज प्रधानमन्त्रीले राखेको बैठकमा कुनै सहमति नभएपछि भोलि फेरि बस्ने सहमति भएको छ ।

भोलिसम्ममा सदन खुलाउन सरकार लचक भएर आउने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । दलहरुबीच कुरा नमिलेपछि आज बोलाइएको प्रतिनिधिसभाको बैठक मंगलबारका लागि सारिएको छ ।


प्रतिक्रिया

One thought on “उच्चस्तरीय छानबिनको पक्षमा हो रास्वपा ? रवि लामिछानेले दिए यस्तो जवाफ (भिडिओ)

  1. सिआईबिले त केही गर्न सक्दैन भनेर बालुवाटार र सुन दुवै काण्डबाट प्रमाणित नै भयो त । अब पनि छानबिन समिति बनाउ नभनेर एमालेले सदन अवरूद्व गर्यो मात्र भन्नू घुमाएर सरकारकै समर्थन गर्नु हो । यिनको पार्टीमा पनि झा थरका दिल्लीका आदेशपालक छन् । उनले यिनलाई पनि दिल्ली पुर्याए कि क्या हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर