पोलिटब्यूरो बैठकमा माधवको ब्रिफिङ- हामी सधैँ भ्रष्टाचारको विरूद्धमा छौं, सरकारको कदममा साथ छ
‘कम्युनिष्ट धारभित्रको सबैभन्दा उत्तम विकल्प हो’
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदममा आफ्नो साथ भएको बताएका छन् । आज बसेको पोलिटब्युरो समितिको बैठकको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले भ्रष्टाचारीलाई कारवाही गरेकोमा समर्थन जनाए ।
अध्यक्ष नेपालको भनाईलाई उदृत गर्दै उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘भ्रटाचारहरुलाई कारबाही गर्नको लागि सरकारले जे काम गरिरहेको छ । यो कामलाई निरन्तरता दिएर सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ । निर्दोष कोही नफसोस् दोषी कोही नपरोस् भन्ने भावनाले काम गर्न आह्वान गर्नुभएको छ । सरकारले भ्रष्टचारीलाई छानीछानी कारबाही गरेकोमा हामी त्यसको समर्थनमा छौं ।’
बैठकमा पार्टीलाई गम्भीर चुनौतीका सामना गर्दै नयाँ ढंगले अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो पार्टी कम्युनिष्ट धारभित्रको सबैभन्दा उत्तम विकल्प हो । हामी सबै चुनौतीलाई सामाना गरेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न प्रतिबद्ध छौं । सुशासन र जनताको पक्षमा काम गर्छौं । त्यही अनुसार लाग्छौं ।’
आजको बैठकमा २६ जनाले नेताहरुले आआफ्नो धारणा राखेको बताए । बैठक भोलि टुंग्याउने तयारी छ ।