कांग्रेसको टिप्पणी- उपसभामुखको अनुपस्थितिलाई समयले मूल्यांकन गर्छ – Nepal Press

कांग्रेसको टिप्पणी- उपसभामुखको अनुपस्थितिलाई समयले मूल्यांकन गर्छ

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले प्रदेशसभा बैठक सञ्चालनका लागि उपसभामुख सिर्जना दनुवार अनुपस्थित रहनु अस्वाभाविक रहेको बताएका छन् । उनले उपसभामुखको भूमिकालाई इतिहासले मूल्यांकन गर्ने बताए ।

जारी बैठकमा उनले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्दै भने, ‘उपसभामुखको अनुपस्थितिलाई समयले मूल्यांकन गर्छ । आफैंले बोलाएको बैठकमा आफैं उपस्थित नहुनु उपसभामुखको असंसदीय अभ्यास हो ।’

जिम्मेवार राजनीतिक दलकै व्यवहारका कारण संसदीय व्यवस्थाप्रति नकारात्मक सन्देश प्रवाह भइरहेको कार्कीले बताए । उनले मुख्यमन्त्री थापालाई विश्वासको मत दिन प्रतिपक्षी एमाले, राप्रपासहितका दलका प्रदेशसभा सदस्यलाई आग्रहसमेत गरे ।


प्रतिक्रिया

One thought on “कांग्रेसको टिप्पणी- उपसभामुखको अनुपस्थितिलाई समयले मूल्यांकन गर्छ

  1. अनि यी लन्ठुले अस्ति सभामुखको भूमिकालाई कसरी हेरेछन नि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर