कोशी प्रदेशसभामा मतदान हुँदै, सभाध्यक्षले पनि विश्वासको मत दिए विपक्षले नमान्ने (लाइभ)
नेपाल प्रेस
२०८० भदौ ४ गते १७:३८
विराटनगर । कोशी प्रदेशको प्रदेशसभामा विश्वासको मत विभाजन सुरु भएको छ ।
मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मतको पक्ष र विपक्षमा प्रदेशसभा सदस्यबीच मत विभाजन सुरु भएको हो । सभाध्यक्षलाई संविधानविपरीत मत विभाजनमा सहभागी गराउने तयारी भएको भन्दै एमालेले आपत्ति जनाएको छ ।
मत विभाजन अवधिभरका लागि प्रदेशसभाभित्रका सबै ढोका बन्द गरिएको छ । मत विभाजन नसकिएसम्म प्रदेशसभा सदस्यले बाहिर, भित्र गर्न पाउने छैनन् ।
पक्ष र विपक्षमा मतदान गर्न अलगअलग व्यवस्था मिलाइएको छ । तटस्थ मतदानको व्यवस्था पनि गरिएको सभाध्यक्ष इस्राइल मन्सुरीले जानकारी दिए ।
प्रतिक्रिया