भीषण पहिरोकाे कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध
नेपाल प्रेस
२०८० भदौ ४ गते २१:०५
चितवन । भीषण सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
सोमबार राति ८ बजेर ५ मिनेट जाँदा सुख्खा पहिरो खसेर बाटो बन्द भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
ईच्छाकामना गा.पा. ६ नारायणगढ मुग्लिङ सडक खण्डको टोपेखोलास्थित माथिबाट सुख्खा पहिरो खसरे दुवैतर्फी बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
उनले सडक विभागसँग समन्वय गरी पहिरो हटाउने पहल भइरहेको पनि जानकारी दिए । ठूलो पहिरो खसेकोले तत्काल खुलाउने सम्भावना नभएको उनले बताए ।
तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर
प्रतिक्रिया
सम्बन्धित खवर