१७ घण्टापछि सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक (भिडिओ) – Nepal Press

१७ घण्टापछि सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक (भिडिओ)

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड १७ घण्टपछि सञ्चालनमा आएको छ । हिजो राति ८ बजे आएको सुख्खा पहिरो पन्छाएर आज दिउँसो १ बजेबाट सडक सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय चितवनले जनाएअनुसार पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

इच्छाकामना ६ मा पर्ने टोपेखोलामा सुख्खा पहिरो खस्दा १७ घण्टासम्म बाटो अवरुद्ध भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *