विरोधका बीच परमाणु दुषित पानी बिहीवारबाट समुन्द्रमा फाल्ने जापानको निर्णय
काठमाडौं । जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गर्ने भएको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी बिहीवारदेखि दुषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेको हो ।
सरकारको सो निर्णयको चौतर्फी बिरोध भइहँदा सरकारले भने दुषित पानी समुन्द्रमा फाल्ने मिति तय गरेको छ ।
समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरुका साथै मत्स्य व्यवसायी र स्थानीयहरुले सरकारको निर्णयको बिरोध गरिरहेका छन् ।
जापानी सरकारले परमाणु दुषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरुले बिरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् ।