बलियो र व्यवस्थित सङ्गठन बनाउन युवाहरूलाई महेश बस्नेतको निर्देशन
कैलाली । बलियो र व्यवस्थित सङ्गठन बनाउन एमाले पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ इन्चार्ज महेश बस्नेतले युवाहरूलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेशको चौथौँ पूर्ण बैठकलाई सम्बोधन गर्दे उनले युवाहरूलाई बलियो र व्यवस्थित सङ्गठन बनाउन निर्देशन दिएका हुन् ।
बस्नेतले वडा स्तर सम्म यूथ फोर्स गठन गर्न र साइवर सेना बनाउन पनि निर्देशन दिएका हुन् ।
राष्ट्रिय युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेवेले युवाहरूलाई पार्टीका गतिविधिमा बढी सक्रिय रहन निर्देशन दिएका थिए ।
उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी १६ वर्ष देखी २५ वर्ष उमेरका युवाहरूलाई पार्टीमा जोड्ने नीति लिनु पर्ने बताएका थिए । उनले युवाहरूलाई उत्पादनमा जोडिन आग्रह गरे ।
कार्यक्रममा एमाले प्रदेश सचिव तथा सुदूरपश्चिम सांसद धर्मराज पाठक, राष्ट्रिय युवा संघका उपाध्यक्ष महाराज गुरुङ, महासचिव सुमन पुरी, जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गा जोशीले मन्तव्य राखेका थिए ।
बैठकमा जिल्ला अध्यक्षहरूले जिल्लाको पछिल्लो अवस्थाबारे रिपोर्टिङ गरेका थिए । आजको बैठकले आगामी असोज ३ र ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।